कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै आकर्षक पुलमध्ये एक हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ नै, पर्यटकलाई पनि आकर्षित गरिरहेको छ ।
यो पुल हेर्नकै लागि यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। दोधारा चाँदनी झोलुङ्गे पुल कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करिब ९ किलोमिटरको दुरीमा पर्छ।
यस पुलको लम्बाई १४५२.९६ मिटर, चौडाइ १.६ मिटर र लामो स्पान २२५.४० मिटर रहेको छ । वि।सं २०६० को दशकसम्म महाकाली नदीमा पुल नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी)ले निकै सास्ती भोग्नुपरेको थियो । तस्बिरहरू : प्रकाश चन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी
                                    
                
प्रतिक्रिया