धनगढी । विजयादशमी आउन एक दिन मात्रै बाँकी छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ ।
दसैँ आउन एक दिन मात्रै बाँकी रहँदा सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीमा सुनसान बन्न थालेको छ ।
काम र अध्ययनका लागि धनगढीमा बसोबास गर्दै आएकाहरू दसैँ मनाउन आ–आफ्नो गाउँ फर्किएसँगै सधैँ व्यस्त रहने धनगढी बजार सुनसान बन्दै गएको हो ।
धनगढीका मुख्य बजार क्षेत्रमा अहिले मानिसहरूको उपस्थिति पातलिएको छ ।
प्रतिक्रिया