ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आज उग्रतारामा रतेडी मेला, भोलि ‘देहिजाँत’

मङ्गलबार १८, कार्तिक २०८२ ११:०६

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज रतेडी मेला लाग्दै छ । उग्रतारामा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला (देहिजाँत) लाग्छ । 

यसवर्ष कात्तिक १८ गते आर्थात् आज रतेडी मेला लाग्ने उग्रतारा मन्दिरका पुजारी पण्डित लोकराज भटट्ले जानकारी दिए । 

उनका अनुसार छचोडा, खनमडा, दुमडा र जिलोडा गरी चार वटा गाउँमा उग्रतारा भगवती माताको भ्राण (देउरो भण्डार) छ । ती चारवटै गाउँबाट रतेडी मेलामा १९ गते बिहान ४ बजेको समयमा देउरो पुगेपछि दिउसेडी मेला सुरु हुने छ ।

‘बिहानको पूजाआजापछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौँ एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ । बिहान चारवटै गाउँको भ्राणबाट ल्याइएको माता भगवतीको देउरो बेलुका पुनः चारवटै गाउँको भ्राणमा लगेर राखेपछि मेला सम्पन्न हुन्छ । 
 

प्रतिक्रिया