ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा स्रोत नखुलेको २८ लाखसहित दुई भारतीय नागरिक पक्राउ

सोमबार १७, कार्तिक २०८२ ०७:३२

धनगढी । कैलालीमा स्रोत नखुलेको २८ लाख बढी रकमसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका- ३  मिलनचोकबाट भारतको लखिमपुर खिरी पलिया बस्ने २७ वर्षीय हरचित गुप्ता र २९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरु सवार युपी ३१ सिएन ११७५ नम्बरको कार पनि बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा नगदसहित व्यक्ति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया