काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न धनगढी पुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वरप्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच वादविवाद भएको छ ।
भीमदत्त नगरपालिकामा बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा उनीहरूबीच भनाभन भएको हो । सञ्जालमा सार्वजनिक भएको भिडियोमा रावलले भण्डारीमाथि आक्रोश पोखेको देखिन्छ । उनी नेकपा एमालेका पोलिटब्यूरो सदस्य हुन् ।
जेनजी आन्दोलनको क्रममा आफ्नो घर जलेको र अहिले बालबच्चाको बिजोग भएको भन्दै उनले आयोगका सदस्यमाथि आक्रोश पोखेको भिडियोमा देखिन्छ ।
नगरपालिकामा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख लगायतका सरोकारवालाहरूसँग आयोगले छलफल आयोजना गरेको थियो ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका अन्य दुई सदस्यहरू देशदौडाहमा छन् । उनीहरू जेनजी आन्दोलनको क्षतिबारे सूचना संकलन गर्न हिँडेका हुन् । यसैक्रममा भण्डारी बिहीबार धनगढी पुगेको थिए । त्यहीँ उनीहरूबीच भनाभन भएको हो ।
प्रतिक्रिया