ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा शान्तिपूर्ण रूपमा पर्व मनाउन प्रशासनको आग्रह, ९ बजेपछि देउसी खेल्न नपाइने

सोमबार ०३, कार्तिक २०८२ १०:३७

धनगढी । तिहार, छठ लगायतका चाडपर्व शान्तिपूर्ण रूपमा मनाउन कैलाली प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सूचना जारी गर्दै तिहार, छठ, नेपाल संवत् लगायतका पर्वहरु शान्तिपूर्ण रूपमा पर्व मनाउन आग्रह गरेका हुन् । 

पटका, आतिसवाजी जस्ता प्रज्वलनशील एवं बिष्फोटक पदार्थ उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न सूचनामा आग्रह गरिएको छ । यस्तै, मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला नगर्न तथा अन्य शान्ति सुरक्षामा असर पार्ने खालका कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ । 

देउसीभैली, नाचगान लगायतका कार्यहरु बढीमा राति नौ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्वक गर्ने, देउसीभैलीमा दक्षिणाको लागि रकम तोक्ने नपाइने, देउसीभैली लगायकाका कुनै पनि कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर नपार्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । 

‘समाजमा आपसी सद्भाव, प्रेम, एकता र सहअस्तित्वको प्रतीकका रुपमा रहेका यस प्रकारका विभिन्न चाडपर्वलाई आपसी सम्मान, सहयोग र सम्झदारीका साथ हर्षोल्लासपूर्वक मनाउनु हाम्रो साझा संस्कृतिको विशेषता हो,’ सूचनामा भनिएको छ, ‘यस प्रकारका पर्वहरु मनाउने सन्दर्भमा हुन सक्ने अवाञ्छित गतिविधिहरूको नियन्त्रण गरी जनचाहना अनुरूप सुरक्षित, सभ्य, मर्यादित र शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउनु सबैको जिम्मेवारी र कर्तव्य हो । त्यसैले पर्वहरू मनाउँदा सार्वजनिक सम्पत्तिको संरक्षण, सरसफाई, ध्वनि प्रदूषण नियन्त्रण र स्वास्थ्य सतर्कता अपनाउँदै सुव्यवस्थित ढंगले मनाउनु हुन सम्पूर्ण जिल्लावासीमा हार्दिक अनुरोध छ ।’

प्रतिक्रिया