ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली अदालतमा ३० हजार मिसिल जले, पाँच करोड बढीको क्षति

आइतबार ०२, कार्तिक २०८२ १०:१७

धनगढी । जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा ठुलो क्षति भएको छ । २४ भदौमा जेनजी प्रदर्शनका क्रममा जिल्ला अदालत कैलालीमा आगजनी र तोडफोड भएको थियो । 

सरकारी वकिल कार्यालय, जिल्ला बार एसोसियसन, अदालतको मुख्य भवन लगायत सबैतिर आगो लगाइएको थियो । अदालतले संकलन गरेको विवरणअनुसार भौतिकअन्तर्गत भवन, झ्यालढोका, दराज लगायतमा मात्र दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।

यस्तै सूचना प्रविधिअन्तर्गत पनि सबै भवनका कम्प्युटर, प्रिन्टर, स्क्यानर, सूचना प्रणली र सोलार सिस्टम गरेर दुई करोड ५० लाखकै क्षति आकलन गरिएको छ । सवारी साधनको क्षति आकलन हुन बाँकी छ । 

विवरणअनुसार भदौ २४ मा पाँच थान सरकारी गाडी, दुई मुद्दाका लागि आएका गाडी र एक सय थानभन्दा बढी मोटरसाइकल जलाइएका थिए । सवारी साधनको मूल्य आकलन भए क्षति अझै बढ्ने छ । 

अभिलेख कक्षमा राखिएका ३० हजार मुद्दाका मिसिल जलेर खरानी भएका छन् । नष्ट भएका र बाँकी रहेका मिसिलको यकिन तथ्यांक संकलन भइरहेको छ ।।

प्रतिक्रिया