काठमाडौं । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग गरिएको छ। गत वर्ष विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनमा मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै उनीलाई मृत्युदण्डको माग गरिएको हो ।
अदालतमा अभियोजन पक्षले पूर्वप्रधानमन्त्री हसिनाको भूमिका मानवताविरुद्धको अपराध भएको जिकिर गर्दै मृत्युदण्डको माग गरेको हो । बंगलादेशका प्रमुख अभियोजक ताजुल इस्लामले भने,' 'हसिनालाई मृत्युदण्ड दिनुपर्छ। मानवीयरूपमा सम्भव नभएकाले मृत्युदण्डको माग गर्छौं ।'
बंगलादेशमा भएको विद्यार्थी विरोध प्रदर्शन हिंसात्मक बन्दा सुरक्षा बलको कारबाहीमा धेरै मानिसहरूको मृत्यु भएको थियो। जसका कारण शेख हसिनाले सत्ता छोड्नुपरेको थियो । हसिना हाल भारतमा शरण लिएर बसेकी छिन् ।
प्रतिक्रिया