ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

विश्वकप छनोटको अन्तिम खेल खेल्दै नेपाल, उपाधि जित्ने मौका

शुक्रबार ३१, असोज २०८२ १०:२४

टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले आज सामोआसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजेबाट ओमानमा हुनेछ ।

नेपाल जारी प्रतियोगिताबाट दुई खेल अगावै विश्वकपमा छनोट भइसकेको छ । भने, सामोआको विश्वकप सपना अन्त्य भइसकेको छ ।

अपराजित रहेको नेपाललाई उपाधिको लागि यो खेल महत्त्वपूर्ण छ । ८ अंकसहित शीर्षस्थानमा रहेको नेपालले सामोआलाई पराजित गरेमा छनोट प्रतियोगिताको उपाधि सिधै जित्नेछ ।

त्यस्तै यो खेलअगाडि बिहान ११:४५ बजे हुने ओमान र जापानबीचको खेलमा जापान विजयी भएमा नेपालले एक खेलअगाडि नै उपाधि हात पार्नेछ । किनभने, उपाधि होडमा रहेको ओमान ६ अंकमा सीमित रहनेछ ।

यदि नेपाल सामोआसँग पराजित भयो र ओमान पनि जापानविरुद्ध विजयी भएमा पनि नेपालको उपाधि सम्भावना कायम नै रहनेछ । यस्तो अवस्थामा नेपाल र ओमानको समान ८/८ अंक हुनेछ । र, रनरेटका आधारमा विजेता टोलीको टुंगो लाग्नेछ । अहिलेसम्म रनरेटमा पनि नेपाल अगाडि नै रहेको छ ।

नेपाली टोलीले प्रतियोगिता सुरु हुनुअघि विश्वकप छनोटसँगै प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको थियो । नेपाल लक्ष्यभन्दा एक कदम मात्रै पछाडि छ ।

प्रतिक्रिया