काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ । एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा भिड्दैछन् ।
फाइनल खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बेलुकी सवा ८ बजेदेखि फाइनल खेल सुरु हुनेछ । यस खेललाई क्रिकेट विश्वकै सबैभन्दा प्रतिक्षित प्रतिस्पर्धा मानिएको छ ।
यसअघि समूह चरण र सुपर फोरमा गरी दुई पटक आमनेसामने हुँदा दुवैपटक भारतले पाकिस्तानलाई पराजित गरेको छ । यस संस्करणमा भारत अपराजित रहँदै फाइनल पुगेको हो । समूह चरण र सुपर फोरमा पाकिस्तानलाई सजिलै हराएको भारतलाई अब उपाधि बचाउन निकै आत्मविश्वास छ ।
प्रतिक्रिया