काठमाडौं । यूएईमा जारी एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा हराएको छ ।
शुक्रबार राति भएको हाइ स्कोरिङ भिडन्तमा निर्धारित २० ओभरमा खेल बराबरी भएपछि सुपर ओभर खेलिएको थियो । सुपर ओभरमा श्रीलंकाले दिएको ३ रनको लक्ष्य भारतले पहिलो बलमै पूरा गर्यो ।
त्यसअघि भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउँदा श्रीलंकाले पनि २० ओभरमा ५ विकेट गुमाएर २०२ रन बनाएपछि टाई भएर सुपर ओभरमा पुगेको थियो ।
प्रतिक्रिया