धनगढी । कैलालीको धनगढीमा ‘हिमालयन गौरीशंकर डेन्टल पाँचौ मिडिया कप फुटसल प्रतियोगिता’ हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा कैलालीको आयोजनामा भोलि मिडिया कप फुटसल प्रतियोगिता हुन लागेको हो ।
मञ्चका अध्यक्ष प्रदीप पाठकका अनुसार मिडिया कप फुटसल प्रतियोगिताको विजेताले नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा उपविजेताले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् ।
यस प्रतियोगितालाई हिमालयन गौरीशंकर डेन्टलले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेको छ ।
दसैँको अवसरमा सञ्चारकर्मीहरुमा एकआपसमा भातृत्व कायम गर्ने उद्येश्यले मिडिया कप फुटसल प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिताका संयोजकसमेत रहेका मञ्चका सचिव विराज रोस्याराले जानकारी दिए ।
फुटसल प्रतियोगितामा पत्रकार आवद्ध टिमको सहभागीता रहने छ । टिम दर्ता शुल्क दुई हजार राखिएको छ । प्रतियोगिताका चार संस्करण यसअघि आयोजना भइसकेका छन् ।
प्रतिक्रिया