धनगढी । कैलाली प्रहरीले सादा पोसाकमा खटाइएका घुनुवा प्रहरी हटाएको छ । सादा पोसाकमा खटाइएका प्रहरीको जिम्मेवारी फेरिएको हो ।
सादा पोसाकमा खटिने घुमुवा टोली विभिन्न विवादमा मुछिन थालेपछि हटाइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार सई नेतृत्वको सादा पोसाकको घुमुवा टोलीको जिम्मेवारी फेरिएको छ ।
घुमुवाका नाममा टोलीले असुली, बार्गेनिङ र संस्थागत तस्करी गर्ने गरेको आरोप लाग्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीले आन्तरिक समीक्षा र शुद्धीकरण अभियानअन्तर्गत घुमुवाहरुलाई हटाइएको जनाएको छ ।
कसलाई हटाइयो जिम्मेवारीबाट ?
१) गजेन्द्र चन्द
२) लक्षी लुहार
३) सन्तोष महरा
४) भीम थापा
५) देवेन्द्र द्वाल
६) रविन्द्र शाही
७) महेश ओझा
८) राजेन्द्र राना
प्रतिक्रिया