नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) को भिसा प्राप्त गरेको छ । भिसा पाएसँगै टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
जेन–जी आन्दोलनकै क्रममा हजारौँ कैदी जेलबाट निस्किएपछि यूएईले नेपालीहरूलाई भिसा रोक्दै आएको थियो । केही दिनअघि मात्र खेलाडीहरूले भिसाका लागि आवेदन दिएका थिए । नियमित प्रक्रियाबाट ढिलाइ भएपछि क्यानले इमिरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग पहल गरेको हो ।
वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी– २० शृंखलाका लागि क्यानले शारजाह क्रिकेट रंगशाला बुक गरिसकेको छ । टिकट बिक्री अनलाइनमार्फत सुरु भइसकेको छ ।
नेपालले वेस्ट इन्डिजसँग सेप्टेम्बर २७, २९ र ३० मा तीनवटा टी–२० म्याच खेल्नेछ । प्रतियोगिताको सम्पूर्ण खर्च र व्यवस्थापन क्यानले नै गर्ने जनाइएको छ ।
प्रतिक्रिया