ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा यातायात कार्यालयले थाल्यो सेवा

बिहिबार ०२, असोज २०८२ १२:१०

धनगढी । यातायात व्यवस्था कार्यालय कैलालीले आशिंक रुपमा सेवा सुचारु गरेको छ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गरेपछि २४ भदौदेखि कार्यालयको सेवा ठप्प रहेको थियो । 

सरसफाई र मर्मतको केही काम भएपछि आंशिक रुपमा सेवा सुचारु गरिएको कार्यालयका अधिकृत श्याम जोशीले जानकारी दिए । ‘सवारीसाधन नविकरण, दर्ता, कर संकलन तथा रुट प्रमिट र जाँच पासका काम सुरु भएका छन्,’ जोशीले भने ।

उनका अनुसार सवारी चालक अनुमति पत्र (लाइसेन्स)का कुनै पनि काम सुचारु गर्न सकिएको छैन । यातायात कार्यालयमा जेनजी आन्दोलनमा आगजनी हुँदा डेढ करोड बढीको क्षति भएको बताइएको छ । 
 

प्रतिक्रिया