कञ्चनपुर । कञ्चनपुरमा निषेधाज्ञा हटाइएको छ । यसअघि शनिबार कर्फ्यु हटाइएको आइतबारदेखि निषेधाज्ञा पनि हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आइतबार निषेधाज्ञा पनि हटाएका हुन् । निषेधाज्ञा हटेसँगै जिल्लामा बन्द रहेका बजार, यातायात लगायत शैक्षिक संस्थाहरू सञ्चालनमा आएका छन् ।
निषेधाज्ञा हटे पनि प्रशासन कार्यालय कञ्चनपुरले प्रदान गर्दै आएको विभिन्न सेवा भने सुचारु भएका छैनन् । प्रशासनले नागरिकता सम्बन्धी, राष्ट्रिय परिचयपत्र सम्बन्धी र राहदानी सम्बन्धी सेवा सुचारु गर्न नसकिने जनाएको छ । कार्यालयमा पुगेको क्षतिका कारण आइतबार कार्यालयले प्रदान गर्दे आएका नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी सम्बन्धीका सेवा प्रदान गर्न असमर्थ रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
प्रतिक्रिया