ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा पार्टी कार्यालयमा ढुंगामुढा र आगजनी

मङ्गलबार २४, भदौ २०८२ ११:२०

कञ्च्नपुर । कञ्चनपुरका पनि विभिन्न ठाउँमा जेनजी पुस्ताको आन्दोलन सुरु भएको छ । महेन्द्रनगरमा टायर बालेर युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारी दमनको विरोधमा आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय तोडफोड गरेका छन् ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको कार्यालयमा युवाहरुले ढुंगामुढा गर्दै तोडफोड गरेका छन् । यस्तै उनीहरूले नेकपा एमाले र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा आगो झोस्ने प्रयास गरेका छन् ।

भीमदत्त नगरपालिका मूल प्रवेशद्वारमा ढुङ्गामुढा गरिएको छ । 

प्रतिक्रिया