ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा बाढीले विस्थापित ४२ परिवार चार दिनपछि फर्किए घर

बिहिबार १९, भदौ २०८२ ०१:००

धनगढी । कञ्चनपुरको बाढीमा विस्थापित भएका ४२ परिवार चार दिनपछि घर फर्किएका छन् । नदीहरुमा बहाव घटेपछि उनीहरु घर फर्किएका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका– ११ का पाँच परिवारका २५ जनालाई डुबानमा परेपछि विस्थापित भएका थिए । उनीहरु घर फर्किएका छन् । 

यस्तै, दोधाराचादँनी नगरपालिका– ८ को रामपुरे टापुका २५ परिवार ७० जनालाई जनज्योती माविमा बसाइएकोमा उनीहरु पनि घर फर्किएका छन् ।

दोधाराचादँनी नगरपालिका– १० शान्ति टोलका १२ परिवारका ४० जना पनि घर फर्किएका छन् । डुबानपछि उनीहरुलाई अम्विका माविमा राखिएको थियो ।

प्रतिक्रिया