धनगढी । पातडा पन्ना जसेरी पल्टिए, जिन्नगीकालै पन्ना पल्टिए उसेरी । मैना फेरिए, साल फेरिए । मुन्टा रौँ फुले । उमेर ढल्किनै गयो । काँबाट काँ पुगे । एक ठौर जन्मे, अर्खा ठौर हुर्किए । जै ठौर जन्मिए, तेइ ठौर झिक्क बस्त नैपाए । बाडैनो टङाया पातडा पन्ना पल्टिए सङ्गै जिन्नगीका लै तमाम पन्ना पल्टिसके । काँ काँ पुग्गिने हो अजै केइन् था थिन् ।
जसेरी पन्ना पन्ना जोडिपर एक किताब बन्निछ, तिसेरी जिन्नगी बन्या हुन्छ । किताब पड्डे बखत पन्ना सङ्ङै तमाम अक्षर रे वाक्यहरु पल्टिनैजानाहान । तिसेरी जिन्नगिका लै पल्टिनै जाने रैछन । जिन्नगीका कति अक्षर अमेट भैपर बसिरनाहान् त कति मेट्टिपर जानाहान् ।
जिन्नगिका सुरुवाती पन्नाहरुले पछिसम्म लै मीठो छाप बसाइराख्देरैछ । कति अक्षर बिसरिय, कति वाक्य मेट्टिए मानसपटलबाटी । केइ इसा पन्ना छन् जिन्नगिका सदाँइ समुद्दपाए हुन्थ्यो जसो लागन्छ । कति यादहरु समुद्द खोजे लै भाग्दाहान् । कति इसा यादहरु छन्, बिसद्द खोजे लै बिसद्द नैसक्किना । मनलाइ सदाँइ आनन्दित बनाइराखन्छन् । जिन्नगीका तमाम पन्नाबाट आज बाल्यकालिन पन्ना पल्टाउन्लाछु । जै पन्नामी लेख्खिया यादहरु, स्मरणहरुले आज लै भौत खुशी बनाउन्छ । भौतिक शरीर एक ठौरबाटी अर्खा ठौर सरे लै मन नैसद्दे रैछ ।
नान्काछन्ज्याँका यादहरु ऐल लै मेरा मानसपटलमी ताजाइ छन् । पहाड जरमथातमी बिताया पलहरु ऐल लै उत्तिकै याद आउन्छन् ।
भदोको मैना विशेष महत्व छ । न्यारै आनन्द छ । काज्बारै काजबारो मैना लै हो भदो । बरिखा निखद्द लाग्या हुन्छ । भदो सङ्क्रान्तीका दिन ओल्के हुन्छ । इसै दिनबाटी सुरु हुनाहान् काजबार । ओल्क्या दिन न्यारै उत्साह हुन्थी । अघिल्ला दिन साउन मसान्तीका बसाइतिक भङ्ङेरी लाया हुन्थे हात । ओल्क्या दिन ब्याहानै आफना आफना हात तकन्थे । कै का हात बर्ता लागि भङ्ङेरी ? गाउँका जयजात्क एक अर्खा हात तकन्थे । आआफनो भङ्ङेरी उत्कृष्ट बनाउने प्रतिस्पर्धा नै हुन्थ्यो हमरो । कसैका हात थोका लागन्थी, कसैका हात झिक्क । जयजात्क हातभरी भङ्ङेरी लाउन्थे भने बुडाहुने एक आउँलामी लाउन्थे । भङ्ङेरी नैलाइपर बुडि रिसानेइ रे न्यान्यारै रोगब्याधी लागन्छन भन्ने बिश्वास थ्यो ।
ओल्क्या दिन ब्याहानै हड घुनु भन्ना पैल्ली भङ्ङेरी चोख्याउन्थे । भङ्ङेरी चोख्याउनलाइ भङ्ङेरी लाया हातमी घी, म, तिलै मिठाई हालिपर खान्थे । घराहुने सब हडमुन्टो धोइपर सफा हुन्थे । सकराँतीको दिन, बामन ब्याहानै पुगिजान्थे निस्रा माग्द । आमा निस्रा दिन्थिन् । बास उठाल्लथिन् । लाउनबाबर पकाउन्थिन् । ओल्क्या दिन आफू भन्ना ठुलाबडा घर ओल्को दिने चलन छ । आफना घर फल्या सागपात, फलफुल लैगिपर ओल्को दिन जान्थे । भदोका मैना स्वडामी चोतो, बैकन, पिणाउँका गाबा हुन्थे । इनै सागपात लैजान्थे । चेलिबेटी माइत आउन्थिन् । मेरि लै दिदी थिन् । ओल्क्या दिन दिदी रे फुपुको बाटो हेरिराखन्थे ।
ओल्क्या दिन सबभन्ना बडि रहड लाग्देइ भन्या सुयखी हो । तिरुव दाइखिमौ ओल्को दिन सुय बनाइपर ल्याउन्थे । हाम जयजात्कलाई सुया खुब महत्व हुन्थ्यो । खुब हौस मान्नथे । ओख्खडको गुदि गाड्ड सुया प्रयोग हुन्छ । चारपाँच जना तिरुवा दाइबौजु आउन्थे ओल्को दिन । दिनभरिमि कैका सुय झिक्क भए ? कै का सुय ठुला रे निका भे ? छानबिन हुन्थ्यो गाउँबुडा जयजात्को । आफना सुय झिक्क बनाउन तिरुव दाइसित तीन चार सुय मागन्थे हाम । पार्की दाइ छापरो, डोको ल्याउन्थे । तिरुव दाइलाइ ओल्को दियाहुनो चामल, नुन, तेल, मसला, खुर्सानी, सागपात दिन्थिन आमा । कैलेइ साउन पडे लै नागपन्चमी रे रक्षा पुनिउँ कैलेकाँइ भदोका मैना पड्डथिन् । हाम जयजात्कलाइ इन दुई चाड लै विशेष महत्वका हुन्थे । नागपन्चमिमी आफुइ घर कागजमी नाग बनाउन्थे । जानिनजानी मन्मनाइसिका केरमेट अद्दथे । जात्कै रहड त भैगै । आफुले बनायाहुनाले हुन्ना, जसा भे लै निकाइ लागन्थे । नाग लाउन बामन आउन्थे ब्याहानै । कैलेकाँइ मेग आइपर गाड आयै हुन्थी । बामन पुग्द माठो हुन्थ्यो । कैका घर कति नाग लागे ? हाम जयजात्क गैँत्त जान्थे घर घर । कैका घरा नाग ठुला ? कैका घर निका नाग लागे ? एक अर्खा घर जान्थे हाम ।
रक्षापुनिउँ लै जयजात्का निउती रडड लाग्दो पर्व हो । खासअरिपर रक्षापुनिउँका दिन बामन आइपर पौँठी लाउन्थे, तेइको बर्ता महत्व हुन्थ्यो । पौँठी लाउने बखत भन्ने मन्त्र कण्ठै थ्यो । कै का हात कति पौँठी भैन ? कै का हातै पौँठी मोटी छ ? कै का हातै पौँठी रामडी छन ? हाम जयजात्क सबैखि पौँठी हेद्दथे । तेइ दिन स्कुल बिदा हुन्थ्यो । दोसरादिन स्कुल गैपर लै साथिमौका हात हात तकन्थे । कैका हात झिक्क पौँठि छन ? सरका हात तकन्थे । कै सरा हात झिक्क पौँठी भैन गैँत्तथे ।
भदोका मैना मुख्य चाड गमरा रे डिकरा हो । कैलेइ गमरा पैल्ली आउन्थी, कैलेइ डिकरा पैल्ली । गमरामी बर्ता राम हुन्थी । वल्ला गाउँ पल्ला गाउँ गमरा आउन्थिन् । कैलेइ कसै गाउँ गयो, कैलेइ कसै । दिनैतिक स्कुल हुन्थ्यो । स्कुल बिदा भैपर गमरा हेद्द जान्थे । चार पाँच दिनसम्म खेलमाल लागन्थे । दुरदुरहै मान्छ आउन्थे गमरा हेद्द । डेउडा खेल लागन्थे । चैत हाल्लथे । तुलछा केल्लथे । बैकाना न्याराइ खेल हुन्थे । स्वाहानिमौका न्याराइ । जात्किका न्याराइ लागन्थे । सबा आआफनाइ समूह हुन्थे । बज्यैखिमौ फाग गाउन्थिन् । बौजुइमौ बनडेउडा हाल्लथिन् । जात्कैमौका न्याराइ हुन्थे खेल । रात लखे लाउन्थे । लखे लाया हेद्द भौत राम मान्नथे । लखे लाया हेद्दलाइ रातभरी उनिलो बस्तथे । आमा लै गमरा व्रत अद्दथिन । घर बिरुडा भिजाया हुन्थे । जै घर गमरा व्रत नैअद्दा, उइ घर बिरुडा बाण्ण जानुपड्डथ्यो मैले । आमा भुजा पातमी हालिपर पोका बनाइदिन्थिन् । म घर घर गैपर बाण्णथे । गमराबिच काँकडा लागिसक्या हुन्थे सबा । हाम जात्कैमौ काँकडा चोद्दथे । सब गमरा हेद्द गया बखत, हाम दुई चार जना कै का काँकडा झिक्क छन, तकन्थे । मौका पाउन्ज्याँ चोरिहाल्लथे । फट्याइँ अद्द निको लागन्थ्यो उइबखत ।
डिकरा आउन्थि । आमा, बौजु, दिदी, बज्यैखिमौ डिकरा व्रत बस्तथिन । हमरा घर भन्ना थोक्काइ मथिमी देउखलो भन्ने केदार देवता भणार थ्यो । हमरा गाउँमि गमरा आउने ठौर लै तेइ थ्यो । डिकरा पुजा लै तिसै देउखलामी लाउन्थिन् । डिकरा सेलाउन्तिक बामनले छाड्या रुप्पे (छिल्लर पैसा) पाउने आश हुन्थ्यो । डिकरा बनाएको पोथडामि हाम जयजात्क रुप्पे खोद्दथे । रयपयका पाँच दस रुप्पे भाग लाउन्थ्यौँ । डिकरामी चडाया काँकडा खुब मिठा हुन्थे । भर्करका कलिला काँकडा हुन्थे । अन्धेर स्वादिला । डिकरामी आमा, दिदी, बौजु, बज्यै, काखिमौ खेल लाउन्थिन् । हाम आफूले नखेले लै उनरा खेल धेकिपर राम मान्नथे । डिकरामी हाम जयजात्को लै एकहट्टा हुने मौका मिल्लथ्यो । देउखलामी हाम आफनो न्यारै खेल खेल्लथे । लुक्दे चोर, घरकुट्टि जसा खेल खेल्लथे । रात भजन हुन्थ्यो । बिछट्टै आनन्द आउन्थ्यो उइल । खुशिको सिमाइ नैहुन्थ्यो ।
भदो ओख्खड पाक्दे मैना लै हो । दते ओख्खड साउनैका मैना दडिजानाहान भने हडे ओख्खड असौजसम्म रनाहान । मेरा आफनाइ खरबाडिमी दुईचार बोट ओख्खड थे । ठुला रुख हुनाले म ओकल्ल नैसक्दथे । गाउँका दाइसित झडाइमागन्थे । सबैका आफना ओख्खडा बोट नैहुन्थे । तेइ हुनाले कोइ ओख्खड टिप्द (खोद्द) बन जान्थे भने कोइ लुकिपर अर्खा ओख्खड चोद्दथे । साथिमौसित म लै कैलेकाँइ ओख्खड टिप्द बन जान्थे । कै का ओख्खड बर्ता हुना ? को झिक्क टिपिसक्दो ? हमरो प्रतिस्पर्धा हुन्थ्यो । पूजाआजामि चडाउन ओख्खड चाइन्थे । भदोका मैना टिप्या ओख्खड हिउना मैना फुटाइपर खान्थे । ओख्खडै गुदि भौत मिठी हुन्थी ।
भदोको मैना अर्को विशेषता भन्या काँकडा पाइनु हो । जैका घर लै काँकडाइ छ्याल्लब्याल्ल । घरधेकी गडासम्म सबले काँकडा लाया हुन्थे । नाना काँकडा खुब मिठा हुन्थे । पहाडी काँकडा स्वादै न्यारै । झुलैनै टिप्यो पचरान्त खायो । हरिय डा हालिपर पिस्या नुनसित काँकडा झिक कति मिठा । बन गोठालो गे काँकडाइ लैजान्थे, स्कुल गे काँकडाइ । काटिपर खाए भ्यो, राइतो बनाइपर खाए भ्यो । पकाइपर साग बनाए भ्यो, सुकाइपर अचार । काँकडाबाट जे चाइयो, तेइ बन्नथ्यो ।
अज नान्काछन्ज्याँ त काँकडा बाखरा बनाइपर खेल्लथे । नानाठुला काँकडा टिप्यो, मट्टा पुतराका खुट्टा बनायो रे बोकेको रुप दिन्थे । बोके काटाइ अरिपर काँकडा काट्टथे । काँकडा सिकार बनाइपर खान्थे । गडाइना काकडा लाया हुन्थे भौतले । स्कुल जाने आउने बखत हाम चोद्दथे । अन्धेर भोक लागेइ हुन्थी । ओडारम्भा लुकिपर खान्थे । मुड्किले फुटायो, पचरान्त । आहा ! न्यारै मजा आउन्थ्यो खान ।
करेला फल्लाहान् भदोका मैना । काँकडा झुलैना करेला लायाहुन्थे । करेला साग खुब मीठो लागन्थ्यो । दडिया करेला भितर काला बिजौला हुन्थे खुब निका । हो, हाम जात्कैमौ तिनुइ काला बिजौला बल्ल बनाइपर खेल्लथे ।
कति यादगार छ हमरो बाल्यकाल ! हाम जयजात्को न्यारै दुनियाँ थ्यो तेइबखत । न रुप्पे चाइन्थे खेल्ल । न आधुनिक खेलौना । प्रकृति नै हमरो खेलमैदान हुन्थ्यो । प्राकृतिक चिजबस्तु हमरा खेलसामग्री । न दोकान गैपर किन्न पड्डथ्यो खेल सामग्री, न कसैसित माग्द । घरम्भाइ खात हुन्थे खेल्ले चिज । न इजाबासित कल अद्दथे केइ लेइदिय भनिपर, न इजाबा नै भन्नथे यो लेइदिन्छु, त्यो लेइदिन्छु । प्रकृति नै सच्चा साथी थ्यो । प्रकृति नै गुरु थ्यो, प्रकृति नै डाक्टर । रिस पोख्दे ठौर लै प्रकृति थ्यो । खुशी साँट्टे माध्यम लै प्रकृति ।
प्रकृति नै थ्यो रमाउने स्रोत । प्रकृति नै थ्यो दुख्ख, बिलौना पोख्दे ठौर । न फुर्सद हुन्थी, न ब्यस्त हुन्थे । आफनै समयतालिका हुन्थ्यो । खेल्ले बखत खेल्लथे, पड्डे बखत पड्डथे । घरो काम लै अद्दैथे, स्कुलो काम लै नैबिसद्दथे । अद्द्दुपड्डथे जात्कै बिथीती लै अरेकाइ हुन्थे । पाउनुपड्डे गाली लै पाएकाइ हुन्थे । तिसैमी राम हुन्थी । तेइ नै जीवन लागन्थ्यो ।
भदोका मैना स्कुल जान भने दिक्क लागन्थ्यो । साउना मैनाभरी घर बस्या हुन्थे । मेग आउन्थ्यो । स्कुल जाने बखत ओडो लैजान बिसरिजान्थे । कैलेइ स्कुल नपुगेइ बाटाइनै छोपिहाल्लथ्यो मेग । चुनाचुना भैपर पुगन्थे स्कुल । झोला, किताबकापी भिजिजान्थिन् । कैलेइ स्कुलहै आउन्ज्याँ मेग लाग्या हुन्थ्यो । किताब भिद्दथिन् । ओडारम्भा बस्तथे, रुखा ठेकैना । कैलेइ त किताब काफी स्कुलै छाडिपर घर आउन्थे । बाटाम्भा मेगै डरले खुब बिचल्लथे । बिचल्ला बिचल्ला गल्लिजान्थे । अन्धेर पटाइ हुन्थी । हाम अघाडी अघाडी, मेग पछाडी पछाडी हुन्थ्यो । कैलेइ मेग हाम्लाइ छोपिहाल्लथ्यो, कैलेइ हाम छोप्द नैदिन्थे ।
झिक्क मेग आइगेपर खोला आउन्थे, गाड आउन्थी । खोलो तद्द आपत हुन्थी । साङु चिफटी हुन्थिन । खचल्किगेपर गाड पड्डथे । मेग झिक्क आया दिन डर हुन्थी हाम नाना जयजात्कलाइ । बाटाम्भो भुडैभुड हुन्थ्यो । पाइन्ट रुजिजान्थ्यो । घुणासम्म सिमटिपर हिट्टथे । जुगा न्यारा हुन्थे । पाइन्ट बिद्दी जान्थ्यो रगतले । स्कुल गैपर कक्षामि धेक्किन्थे जुगाले खाया । अगाइपर डम्डमाना भैपर झड्या भेट्टिन्थे जुगा । भलभली रगत बगन्थ्यो । काफिका पन्ना चिरिपर रगत रोकन्थे । आपत हुन्थी ।
यी तमाम यादहरु ऐल लै मेरा मानसपटलमि ताजै छन । क्यामेरा रिलजसेरी फनफनी रिट्टाहान । भदोको मैना लागन्ज्याँ बाल्यकाला तिन दिन याद आउन्छन । तेँइ फर्किन्छु, जाँ मैले मेरा जिन्दगीका सुरुवाती दिनहरु बितायाथे । जैबखत केइ लै चिन्ता नैथ्यो, खुशी नै खुशी थ्यो ।
प्रतिक्रिया