ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीबाट ४८ लाख बढीको मोबाइल पार्टस् बरामद, भन्सार बुझाइयो

शनिबार ०७, भदौ २०८२ ०७:३९

धनगढी । कैलालीको धनगढीबाट ४८ लाख बढी मूल्यको मोबाइल पार्टस् बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका अनुसार भारतबाट अवैध रुपमा भित्र्याइएका ४८ लाख १२ हजार मूल्यको मोबाइल पार्टस् र उक्त सामान बोक्न प्रयोग गरिएको चार वटा साइकल बरामद गरिएको हो ।

सशस्त्र प्रहरीको बिओपी लल्लिपुरबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिकाको बहुलियाघाट सीमा इलाकाबाट सो सामान बरामद गरेको हो ।

बरामद सामान सत्ती भन्सार कार्यालय खक्रौला कैलाली बुझाइएको छ । 

प्रतिक्रिया