ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लेखराजसहित सुदूरपश्चिमबाट को–को आए एमालेको केन्द्रीय कमिटीमा ?

बिहिबार ०३, पुष २०८२ ०५:१९

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय पदाधिकारीमा लेखराज भट्ट मात्रै अटाएका छन् । १०औँ महाधिवेशनमा पनि केन्द्रीय पदाधिकारीमा लेखराज मात्रै थिए भने यसपटक पनि उनी नै दोहरिएका हुन् ।

भट्ट उपमहासचिवमा विजयी भएका हुन् । उनले उपमहासचिवमा लडेका सबै उम्मेदवारभन्दा बढी मत पाए । यसपटक केन्द्रीय पदाधिकारीमा कर्णबहादुर थापा पनि निर्वाचन लडेका थिए । तर, सचिव पदमा उनी पराजित भएका छन् । उनी केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । 

यस्तै, एमालेको केन्द्रीय सदस्यमा भने दर्जन बढीले जित निकालेका छन् । खुला केन्द्रीय सदस्यमा लालबहादुर थापा, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, झपटबहादुर बोहरा, झपटबहादुर रावल र दामोदर भण्डारी भण्डारी विजयी भएका छन् । विजयी भएकामध्ये रावल मात्रै ईश्वर पोखरेल टिमबाट निर्वाचन लडेका थिए । यस्तै महिलातर्फ सन्तोषकुमारी शर्मा थापा, कमला बोहरा र निरुदेवी पाल विजयी हुँदा अफिलाल ओखेडा र आशा बिक दलित क्लस्टरबाट जित निकाल्न सफल भएका छन् । समावेशी थारुतर्फ कृपाराम राना र गौरीशंकर चौधरी विजयी भएका छन् । 

युवातर्फ नरेश रोकाया यसअघि नै सर्वसम्मन केन्द्रीय सदस्यमा चयन भइसकेका छन् । भूगोलको केन्द्रीय सदस्यमा भने गोविन्द गिरी, चक्रबहादुर मल्ल, पठानसिंह बोहरा, यज्ञबहादुर बोगटी, सहदेव बोगटी, लिलाधर भट्ट, लिलाकुमारी भण्डारी, कमलाकुमारी ओली, भागिरथी सिंह विजयी भएका छन् । 

प्रतिक्रिया