धनगढी । कैलालीको प्रमुख जिल्ला अधिकारी (सिडिओ)का रुपमा कृष्णप्रसाद लम्साल हाजिर भएका छन् ।
यसअघि दाङका प्रमुख जिल्ला अधिकारी रहेका उनको गृह मन्त्रालयले बुधबार कैलाली सरुवा गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले भने, ‘नयाँ प्रमुख जिल्ला अधिकारी आजदेखि कार्यालयमा हाजिर हुनुभएको छ ।’ यसअघि कैलालीका प्रमुख जिल्ला अधिकारी रहेका गोगनबहादुर हमाल गृह तानिएपछि लम्सालको कैलाली सरुवा भएको हो ।
कैलाली कारागारमा हिंसात्मक घटना भएपछि हमाललाई गृह तानिएको बताइएको छ ।
प्रतिक्रिया