धनगढी । बाजुराको हिमाली गाउँपालिका- १ स्थित बिच्छ्या खोलाको बाढी बस्तीमा पसेको छ । बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापाको दुई घर बगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाढीले अन्य थुप्रै भौतिक संरचनामा पनि क्षती पुगाएको जानकारी आएको बताए ।
`केही घर टहरा बगाएको र विद्यालय तथा वडा कार्यालयमा क्षति पुगाएको जानकारी आएको छ,´ डीएसपी हवारीले भने, `क्षतिको एकिन विवरण भने आएको छैन । घटनास्थलतर्फ प्रहरी टोली गइरहेको छ ।´
बाढीले झोलुङ्गे पुलमा पनि क्षति पुगेको बताइएको छ ।
प्रतिक्रिया