धनगढी । भारतको उत्तराखण्डस्थित धरालीमा गत साता आएको बाढीपहिरोमा बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका- २ पुडीनीका दुुई जना बेपत्ता छन् । यस्तै पुडीनी, सुपाना र फयालगाउँका अन्य २४ जना घाइते छन् । वडा अध्यक्ष बिष्णुुबहादुर बुढाका अनुसार बेपत्ता रहेकाहरुलाई जीवित पाउन सकिने आशा नभएको आफन्तले बताएका छन् ।
पुुडीनीका २३ वर्षीय रमेश बुुढा र उनकी श्रीमती २१ वर्षीया प्रिया बुढाको बाढीपहिरोमा परेर बेपत्ता भएका हुन् । दमका रोगी बुुवा मिमबहादुर बुढाको सहारा नै रमेश थिए । स्याउ टिप्ने सिजनमा राम्रो कमाइ हुने भनेर गत बैशाखमा रमेश श्रीमतीलाई लिएर धराली गएका थिए । तर घर फर्किन पाएनन् ।
काका नाता पर्ने वडाध्यक्ष बिष्णुुबहादुर बुढाले रमेश बेपत्ता भएको खबर आएको बताए । ‘हालसम्म अत्तोपत्तो छैन । खानाखान लागेका बेला बाढीले बगाएर लिएछ,’ उनले भने । घटनाको चौथो दिन परिवारले खबर पाएको उनले बताए । खबर सुनेदेखि अस्वस्थ बुवाका रोइरहेका छन् ।
गाउँपालिकाका अनुसार रजबहादुर महतारा, जनेश बुढा, पछी महतारा, जयेन्द्र बुढा, पुसे बुढा, बिरबहादुर बुढा, प्रकाश बुढा, पछना बुढा, धन बुढा, महेन्द्र महतारा, दिनेश बुढा, मानबहादुर बुढा, बिष्ना बुढा, पल्लव महतारा, बर्षनी बुढा, अप्सरा बुढा, बादल बुढा, मादप महतारा, विपना बुढा, दिपेन्द्र महतारा, मानबहादुर बुढा,रुप्सा बुढा, पुुष्पराज बुढा र रुप्स बुढा घाइते छन् । ‘भागदौड गर्दा चोटपटक लागेको छ,’ वडाध्यक्ष बुुढाले भने ।
प्रतिक्रिया