ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी क्रिकेट एकेडेमीका सात खेलाडी नेपाल प्रिमियर लिग खेल्ने

सोमबार २६, साउन २०८२ ०४:२१

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डीसीए) का सात जना खेलाडीले यसवर्षको नेपाल प्रिमियर लिग (एनपीएल) मा स्थान सुरक्षित गरेका छन् । शनिबार सम्पन्न अक्सनमा विभिन्न टिमका लागि ३७ जना क्रिकेटर अनुबन्ध हुँदा डीसीएका सात खेलाडी पनि चयन भएका हुन् ।

बिराटनगर किंग्सले लोकेश बम र नरेन भट्टालाई ‘रिटेन’ गरेको छ भने, सोही टिमले नारायण जोशीलाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ । चितवन राइनोजले बिपिन रावललाई ५ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

यस्तै, सुदूरपश्चिम रोयल्सले दिपेन्द्र थापा र टेकबहादुर रावतलाई २–२ लाख रुपैयाँमा भित्र्याएको छ भने, जनकपुर बोल्ट्सले सचिन भट्टलाई २ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।

डीसीए परिवारले खेलाडीहरूको यो सफलताले स्थानीय क्रिकेट प्रतिभा राष्ट्रियस्तरमा उदाएको भन्दै बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरेको छ ।

आयोजक नेपाल क्रिकेट संघका अनुसार अक्सनमा १६४ जना खेलाडीको सहभागिता रहेको थियो । यस सिजनका ८ टोलीमा ५१ खेलाडी रिटेन भएका छन् ।

यसअघि, नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा डीसीएका ६ जना खेलाडी अनुबन्ध भएका थिए । 

प्रतिक्रिया