काठमाडौं । केटा साथीको घरमा गएकी १८ वर्षीया एक किशोरीको मृत्यु भएको छ । लितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।
सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।
अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
प्रतिक्रिया