बैतडी । पहिरोले अवरुद्ध भएको जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
बैतडीको सिगास गाउँपालिका–९, रमलियापुर नजिक गएको पहिरोका कारण अवरुद्ध भएको राजमार्ग सुचारु भएको हो ।
गएराति १ बजेदेखि पूर्णरूपमा बन्द भएको राजमार्ग आज बिहान करिब ११ बजेबाट सुचारु भएको हो ।
सडक डिभिजन कार्यालय पाटनका अनुसार तत्काल आवश्यक सुधार गरी सडक खुलाइएको भए पनि अझै सतर्कता आवश्यक रहेको छ ।
प्रतिक्रिया