उत्तराखण्ड । उत्तराखण्डस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा रहेको खीर गंगा गदेरामा अचानक आएको बाढीका कारण मंगलबार चार जनाको मृत्यु भयो । एक सय जना अझै बेपत्ता रहेको बताइएको छ । बाढीले धेरै घर र होटलहरू बगाएको छ ।
गंगोत्री धामभन्दा लगभग २० किलोमिटर अगाडि अवस्थित धराली एउटा प्रमुख बिसौनी हो । जहाँ हरेक वर्ष चारधाम यात्राको समयमा ठुलो सङ्ख्यामा पर्यटक पुग्छन् ।
बादर फाटेर त्यहाँ घटना भएको बताइएको छ । मौसम विभागको परिभाषाअनुसार एक घण्टामा १० सेन्टिमिटर वा सोभन्दा बढीको भारी वर्षा हुन्छ भने त्यो घटनालाई बादल फाट्नु भनिन्छ।
केवल एक घण्टामा १० सेन्टिमिटर भारी वर्षाले धेरै क्षति गर्दैन । तर, नजिकै पहिले नै कुनै नदी वा ताल छ र त्यो अचानक पानीले भरियो भने नजिकैको आवासीय क्षेत्रहरूमा बढी क्षति हुन्छ । उत्तरकाशीमा पनि त्यस्तै भएकाे हाे ।
कहिलेकाहीँ एकै ठाउँमा एकभन्दा बढी बादल फाट्न सक्छ । यस्ता घटनाहरू मनसुनको समयमा र मनसुनको केही समय अघि बढी हुने गर्छन्। यस प्रकारको मौसमी प्रभाव भारतको उत्तरी भागमा मेदेखि जुलाई र अगस्टसम्म देखिन्छ ।
प्रतिक्रिया