धनगढी । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि खेलाडीको अक्सन सूची सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सूची घोषणा गरेको हो । एनपिएल अक्सनका लागि ४ सय ५८ खेलाडीले दर्ता गराएका थिए ।
एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका र क्यानकको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । अक्सन शनिबार हुनेछ ।
श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १०७ खेलाडी रहेका छन् । यसबाट ३७ खेलाडीमा मात्र बोली लाग्नेछ ।
एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्की समेत) विभिन्न टोलीमा संलग्न भएका थिए ।
प्रतिक्रिया