धनगढी । कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको एक वर्ष पूरा भएको छ ।
गतवर्ष तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बहुमत जुटाउन नसक्दा पदबाट राजीनामा दिएपछि साउन २० गते शाह दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
सरकारले एक वर्षसम्म गरेको कामको उपलब्धिहरु आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिए ।
गतवर्ष शाह मुख्यमन्त्री नियुक्त हुँदा प्रदेश सरकार २० दिनदेखि बजेट शून्यतामा थियो । उनी मुख्यमन्त्री भइसकेको ४० दिनपछि मात्रै प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको थियो ।
दुई महिना बजेट शून्यताको अवस्थामा भए पनि प्रदेश सरकारले गतवर्ष हालसम्ममै (प्रदेश संरचनामा गइसकेपछि) सबैभन्दा बढी प्रतिशत बजेट खर्च गरेको थियो । प्रदेश सरकारले यसलाई पनि उपलब्धिका रुपमा हेरेको छ ।
यस्तै, प्रदेशसभाबाट स्थानीय सेवा ऐन निर्माण गरेर स्थानीय तहमा देखिएको कर्मचारी सम्बन्धि समस्या समाधान कार्यको सुरुवात भएकाे प्रदेश सरकारले जनाएकाे छ । यद्यपी उक्त ऐनमा स्थानीय तहका जनप्रतिनिधि नै सहमत छैनन् । उनीहरुले ऐन संशोधन नभए कार्यान्वयन नगर्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया