ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कृष्णपुर नगरपालिकाले अवैध रूपमा चित्तल पालन गरेको आरोप, छानबिन गर्न निर्देशन

आइतबार १८, साउन २०८२ ११:२४

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले अवैध रूपमा चित्तल पालन गरेको आरोप लागेको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले अवैध रूपमा जङ्गली जनावर चित्तल पालन गर्दै आएको भन्दै छानबिन गर्न निर्देशन दिएको हो । 

विगत एक वर्षदेखि अवैधरूपमा चित्तल पालन गर्दै आएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सब डिभिजन वन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको हो ।

कृष्णपुर नगरपालिकाले चित्तलका लागि छुट्टै खोर नै बनाएर दुई वटा चित्तल पालन गर्दै आएको जानकारी आएकाले त्यसको विषयमा जाँचबुझ प्रतिवेदन पेस गर्न वाणी सब डिभिजन वन कार्यालय कञ्चनपुरका वरिष्ठ वन अधिकृत भरतप्रसाद शाहलाई निर्देशन दिइएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ९१५० बमोजिम वन्यजन्तुको संरक्षण, प्रवर्धन तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया