ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट
डोट्याली पत्र

‘बिन्ती छ बुइ, आफनाइ देश फर्के’

शनिबार १७, साउन २०८२ १०:५३

प्यारो भाइ तोय,
शुभआशिर्वाद रे भौत भौत प्यार ! 

काँ बाट लेख्द सुरु अरु ? केइ औशान नैआउन्लाथिन । त  भनिमानल्लै दिदिसित फुन हुनैछ, भिडियो कल हुनैछ । रैवार केलाइ लेख्दलागी ? त सुच्च पडल्लै । अचेल मोबाइला जमाना लै चिट्ठी लेख्दलागी भनिपर अचम्म मानल्लै, धिकी बुई ? यो दिदी के बौलिन लागि भनिमानल्लै ।

हो बुइ, आज म भौत वर्ष गैपर चिट्ठी लेख्द बसेइ छु । हुनात तोसित फुनमी कुरडी हुनिछ । भिडियो कलमि कुरडि हुनिछ । हरखबरी पाइएकी छ । तेइ लै सबै निकिफुचेरी कुरडी फुनमी अद्द नैसक्किनेरैछ । भिडियो कलमी भन्न नैसक्किनेरैछ । हो बुइ, मनैना सबै गाँठाकुटिरा फुनमी फुकाउन नैसक्किनेरैछन । तबै आज यो रैवार लेख्दलाछु । हुना त अज तेरि फुर्सद छ कि नै प रैवार  पड्डेइ ? तेइ लै आफनी रट्काना तोड्डो ।

वल्के आउन्लाग्गै । डिकरा आउनेइ हो । गमरा आउन्छ । सराद लागली । दशैँ आउन्छ, दुत्य आउन्छ । काजबारै काजबार आउनलागे । आफुलाइ भने के ब ननिको लाग्दो ।

काजबार त नान्काइ छना निका लाग्दे रैछन बुइ । पहाडै रैगे काजबार त । माला त चाडपर्व हुन । जसि राम पहाड हुन्थी, उसि राम माल काहीँ हुनि ? जसि हौस नान्का छन्ज्याँ हुन्थी काजबार आइपर, उसि हौस अब बुडेसकाल काहीँ हुनि ? कती रहड, कति हौस पहाडै छुट्यो । रयापया लै बुडिपर सक्किन लाग्यो ।

बेलि हसनपुर गया थे भाडा उठाउन । भितर पस्तैन सके । खलामी टेकिन्सके । निशुम्म माने । इजाबा हुन्थे रे उगाडो हुन्थ्यो । अब त माइती लै सक्किए ।

मिल्लेभे फर्के बुइ आफनाइ देश । दुई बर्समी फर्किजाने हुँ दिदी भनिपर गया है । कतिप बर्स भैगे ।  तेरो नानो भान्ज पेटैनो थ्यो, त गया है । उन्ने लै यैपाली बारो परीक्षा दिपर बस्या छ ।

हाम पाँपाँच दिदिबैनी पछिको एक्कै भाइ थि । छाड्डिमबार जन्म्या है त ।  त भया दिन कति खुस्सी भयाथे हाम । बाले गाउँभरी पिपिलमेट बाण्या याद छ । जेठिदिदिको ब्या भैसक्या थ्यो । कति दुख्ख पाया हो आमाले । कति वचन सया हो । पाँपाँच चेली भैन भनिपर गाउँकाहुने कति कुरडि काट्टथे । तैले सबा मुख बुजा लाया है मेरा बुइ । आमाले थोक्काइ सास फेद्द पाया हो । बा दोसरो ब्या अद्द बट्टिगैथे । तैले रोक्या है हाम्लाइ सौतेनी आमाबाट । हो बुइ, त नैजन्म्या भे हमरा बा दोसरो ब्या अद्देइथे । हाम्ले सौतेनी आमा पाउन्थे । हमरि आमा हाल के हुनो हो ? त उजालो ज्योती भैपर आया थि हमरा घर । आमा निउती मलम भैपर जन्म्या थि । हमरा निउती माइती थाम्दे एक बिणो ।

कति प्यार पाइपर ठूलो भया है त । पाँपाँच चेलिपछाडिको चेलो । हात हात थि । भुङ्ङेइनो बस्तैन दिन्थे । सबैको लाडप्यार पाइपर ज्वानजमान भया है ।

म नैबिसर्या थिन् बुइ, तो पिठिनो हालिपर स्कुल लैग्या । हात समाइपर कानाबादा सिकाया । तेरा लत्ताम्भो माटी लाग्दे हो, खुट्टा ठेस लाग्देइ हो भनिपर पिठिनाको पिठिनो हुन्थी हाम बैनिमौका । हाम्लाइ जौँका रोटा पकाय लै तोखिलाई गौँका रोटा पाकन्थे । हाम्ले निखलै खाए लै तोखिलाइ एक दिन गोरस खाली नैभ्यो । तो ठेस लाग्द नैदिए, काणो बिद्द नैदिए । तो चिसो भिद्द नैदिए, न दिए काँसो लाग्द । न तो हातौँ एक कसिण्णो पानि बोकाए, न एक ठुणो दरुवाँ मगाए । हातैमी हगाए, हातैमी मुताए । इती माया पाया है बुइ तैले नान्का छन्ज्याँ ।

तैले कसैको बिगाड अरिहाले लै हाम्ले आफू पिटाइ खाए बरु । कसैका आँखामी बिजाउन नैदिए बुइ तो । तेरि पडाइ बिगड्डेइ हो भनिपर तो हातौँ केइ लै काम नैअराए । तेरा पिठिनी भारी हुनेइ हो भनिपर तेरि झोला हाम्ले बोके स्कुल जानेबखत । तोमि भौत सुइना धेक्याथे हाम सबले । हमरा घरो धुरी खामो सम्ज्याथे ।

इजाबाले अर्या दुख्ख अनुसार तैले लै निक्कै अरिराइथी । जसो तोलाइ बनाउँला सोच्थे, उसै भैगैथी । पहाडा स्कुल पडाइ नैहुनी भन्यो रे तो माल पठाए । बोडिङ हाले, होस्टेल राखे । निकै भैथ्यो । फस्ट डिभिजनमी एस्.एल्.सी. पास भैथी । हो, तेइ फस्ट भया लाग्यो भनिमान्नछु अचेल । फस्ट भया हुनाले छात्रवृत्तिमि काठमाडौँ पड्ड जान पाई । काठमाडौँ लै निको अरि रे अमृका पुगि । उइतिक त खुब हरिक माने सबले । इजाबा कति खुस्सी भे तो धेकिपर । छाड्डिमबारो झुस थि इजाबाको, गाउँम्भो नाक राखी । हमरा गाउँमि अमृका जाने पैल्लो मान्छ तैथी । जाँ तैँ तेरै चर्चा हुन्थ्यो उइबखत । तेरै नाउँ लिन्थे । गडा तेरि कुरडी हुन्थी, बन तेरि । दशैँखी तेरि कुरडी अद्दथे मान्छ, दुत्यखी तेरि । जाँत तेरि कुरडी हुन्थी, बर्याँत तेरि ।

छाड्डिमबारो चेलो हुनाले बाले लै तोखिलाइ अद्दाजती अर्यो । तेरा पडाइ खर्चा निउती सके जति अर्यो । बाखरा पालिपर बाखरा बेच्यो, मौरा पालिपर म बेच्यो । गाई पालिपर घि बेच्यो, घोगा बोइपर घोगा बेच्यो । नान्का छन्ज्याँ तेरो पडाइ जन्रोक्केउ भनिपर बाले लागेपुगे सम्म अर्यो । तो सब थाइ त छ बुइ ।

त अमृका गै । पिएचडि अरि । रुप्पे कमाइ । माल जग्गा किन्दी । घर बनाइपर इजाबा लेइ । खुब खुस्सी भे इजाबा । घर नै रे महल थ्यो महल । हाम बैनीमौ लै माल आइसक्या थे । माइत जाने बाटो बनाइदिया थि हाम्लाइ । माइती घर थ्यो, इजा बा थे । माइतीको देलो उगाडो हुन्थ्यो । काजबार आए माइति सम्जिन्थे । सराद आए माइतै । हुना त हाम सबै बैनिमौको निक्कै छ । तेइ लै काजबार आइपर माइतिको आशरो लाग्दे रैछ । हम बैनिमौको जमघट हुने खलो थ्यो माइती । सबले हरिक मान्या थे । घर त बनाइदिथी तैले । घर उगाडो राख्देइ ब्वारी खोज्याथ्यो इजाबाले । तैले तेइँ ब्वा अरि । इजाबाले मन्नाइ चित्त दुखाए उइबखत । चेलाचेलिका जतना गल्ती लै इजाबा माफ अरिदिनेरैछन । उनरा नजरमी तैले गल्ती अरि । आफू खुसी ब्या अरि तेइँ । इजाबाको मन बिथरो हुन्छ । आफनै खुन थि । केलाइ रिसाना हुन सदाँइ । दुई चार मैनामी बिसरी गे । तो थाइ त छ बुइ । आफना चेलाब्वारी सित दुरिपर के पाउनाहुन ? मुखाजी नैधेके लै तमसित भिडियो कल हुनैथ्यो । ब्वारीसित कुरडी अद्दथे दुयै । त रुप्पे पठाउनैथी । सब निकै थ्यो । आरामबिराम भयादिन हाम जानाइथे, हेद्दाइथे ।

बाका भाग्यमी भनु कि तेरा भाग्यमी भनु तिसै लेख्या रैछ । परान छाड्डेबखत सङ्ङ चेलो नैभ्यो । तिसि मरु भै । न रोग, न ब्याध । घरैखी चेप्दियो मोटरसाइकिलले । हिट्ट् जान्थे ब्याहान ब्याहान । दश दिन आइसियुमि राखे । उसाइ गए मुख नबोली । उइबखत त आउन लै माठो भ्यो । रुप्पे त पठाइ थि तैले, बा जगाउन नैसक्किए । रुप्पेले मात्तर नैजग्गिनेरैछन बुइ । तेरा भिनाजुइमौ लाग्या हुन लाग्दासम्म । नैसके । क्याद्दै ? उनरा भाग्यमी उसै लेख्या रैछ । न तैलेइ मुख हेद्द पाई, न बाइले तेरो मुख तकिपर परान छाड्ड पायो । न तैले बाका हातगोडा मसाद्द पाई, न बाइलेइ तेरा हातगोडा मसारीपर परान छाड्ड पायो । एक्कलै चेलो थि । कति सम्राइ मान्नथे तेरि । परान दिन्थे तोखिलाइ । जिन्नगी तेराइ नाउँले काट्यो । मद्दे बखत तिसि मरु भै बुइ । क्याद्दै ? कर्ममी जे लेख्या हुन्छ, त्यो नैमेट्टिनेरैछ ।

दुई दिनसम्म बाको लास घरै राखे । त नैपुगी । न लास कुद्दे मान्छ रन्लागे । दुदुई दिनसम्म को बसिदिने लास कुद्द ? उइला जसा मान्छ नैरय अब । पहाडा जसो समाज नैर्यो यै माल । तेसरा दिन दाह लायो । त चौथा दिन पुगि । तेइपछिको सब तोलाइ थाइ त छ । आफुइ धेक्या त है तैले ।

पैँचालिस दिनो काम सकिपर त अम्रिका गैगै । याँ इजा एकली भैन । घर त थ्यो, रने मान्छ कोइनै । सुबिधा त सब थ्यो भितर । तैले सब पुगायाथी । तिन्ने खुस्सी नैमिल्ले रैछ बुइ । इजालाइ दुख्ख त केइन्थ्यो धेक्किना । तेइलै मन उगडो कैलेइन्भ्यो । सदाँइ उदास उदास धेक्किन्थिन् । बाले छाडेपछी एकल्यान मान्नथिन् इजा । हुनात हाम जान्थे, नातिनतिना जान्थे भिट्ट । गैराखन्थे बेलामौकामी । इजा मन तोइमी थ्यो । तेरै बाट्टो हेद्दथिन् । काँइ बाकाइ जसि मरु हुनेइ हो कि भनिपर सोचिराखन्थिन् । सोचै मानिराखन्थिन् इजा । तेइ हुनाले तेराइ वाँ लैजा भनिपर हामुइले भन्या हँु उइतिक । त नआउने घर, उन तो बिजाँइ बस्त नसक्देइ भैन । हुनालै कैखी इजा मन नैहोलो आफना चेलाब्वारी सीत बस्ते ? कैखी सासुको मन नैहोलो ब्वारीले पकाया खानो खाने ? तम एकतिर, इजा एकतिर हुनाहै सबै एकै ठौर होल्ला भनिपर पठाया हुँ इजा अम्रिका । तिसो होलो भनिपर हाम के था बुइ ? अम्रिका पुगज्याँ इजाले परान छाडन्निन भनिपर हाम के था ? इसि पस्ताप पड्डलाछ बुइ । उनुइलाइ हरिक होलो भनिपर पठाय । तिसि डौल भै । उनरा भाग्यमी तिति लेख्या रैछ । धन्न तेराइ कोखेलाइनि परान छाड्यो । कमसेकम तैले इजा त भन्न पाई । मुख हेद्द पाई इजा । बाखी भन्ना त मनाइ निकि मरु भै इजाइ । तिसै भनिपर चित्त बुजाउन्छु बुइ अचेल । आफनाइ हातले छिणो हाल्ल पाई । तेरो बाटो हेरिपर दुई चार रात कुद्द त नैपड्यो इजाले । तितिखिलाइ इजा लै भाग्यमानी भैन । त लै भाग्यमानी भै । क्याद्दै लाटा न, तिसै लेख्या रैछ तमरा भाग्यमी ।

मिल्ले भे आफनाइ देश फर्के बुइ । माइतीको देलो उगाडो बना मेरा हजारी । अनारिचुप्प भैग्यो हाम्खिलाइ माइती । काजबार आउनाहान । दशैँ दुत्य आउन्छ । कति दुत्य भैन तेरा घाँटिनी माला नहाल्यै ? कती दुत्य गैन तेरो बाटो हेद्दा हेद्दा ? सदाँइ भिडियो कलमी मात्तरै टिको लाउँला कि ? कति तिज आइन, गैन । कति त्यार आए गए । बाका आत्माले लै शान्ती पाउने हो । घर फर्के बुइ । तिति दुख्ख अरिपर बनाया घर समाल । एक्कलै भाइ है । माइतिका नाउँमि तै एकलो भाइ है । तैले लै माया मार्दिपर हमरो को छ रे ? तेरो धेकिपर तेरा भान्जभान्जी लै खुट्टा उचाइपर बस्याछन । भिसा बनाइपर तयार छन । एक बिदेशै भन्नो, दोसरो बिदेशै । न हाम्ले भन्या मान्ना । आफनी जिद्दी । घरखेत बैङ्कमी राखिपर रिणो बोजो बोकाइपर जान्लागे । हाम्ले कैको मुख तकिपर बस्ते बुइ ? जेठी दिदिका बिदेशै, माइलिका बिदेशै । कोइ जापान भन्ना, कोइ क्यानडा । कोइ अम्रिका भन्ना, कोइ अस्टेलिया ।  कोइ बसिन्दिन्लागे आफना देश । कसा दिन आए बुइ अब ?

इजाबाखी जसि मरु हमरी जन्होउ भनाइ हो । त आइजा बुइ घर । तेरा भान्जभान्जी लै रोक बिदेश जान । यैँ दुख्ख अरे नै हुने हो लाटा ? बरु थोका खाउँला, फाटा लाउँला । एकैतले घरमी बस्ला । ठण्णै पानीले हड धुँला । चेलाचेली अर्खा हात पाडिपर एकलै बस्त नैसक्दे हुँ बुइ यै बुडेसकाल । इजाबाका दुख्ख धेख्या छु हाम्ले । तो बिजाँइ कति रात उनिलो अर्या हो इजाबाले । कति आँसु फाल्या छ । सब भोग्या छु मैले । बिन्ती छ बुइ, आफनाइ देश फर्के । आफनाइ पितापुर्खा माटिमी कर्म अर । भोला दिन परदेश गया चेला आउन्ज्याँ लास कुद्द्द जन्पडौ । दशैँदुत्यखी बाइर झिलिमिली बत्ती बालिपर मन अनारो अरिपर कसैका इजाबाले बस्तुजन्पडौ । भिडियो कलमी मात्तर चाडबाड जन्रौ । तम जसा पडेलेख्या जात्कैमौ सब बिदेशै जान्लाग्गेपर याँ को बस्ते हो बुइ ? दुई चार बर्षमि फर्किजाने हुँ भनिपर पड्ड गया नै है ? आफुइले हालेइ कृया लै बिसरिगै लाटा ? नैफर्किने है साँच्ची ? हमरी फूलखी माला उसि ओइलाउनेइ हो सदाँइका दुत्यमी ? मागो मैना उसै जाने हो हमरो ?

तिसेरी केलाइ माया माद्दलाग्या तम अचेल ? सब देशै हिट्टलागेपछी याँ घर खाली हुने नैहुन ? हाम बुडाहुने कैका सहारामी बस्ला बुइ ? बिरामी भैपर को लैजालो हाम अस्पताल ? भर्ना भैगेपर को कुररो अस्पताल ? को ख्वालो ओखतो ? मरिगे लै कुद्देइ रे मलाम गैदिने मान्छ पाउन मुस्किल छ बुइ अचेल । त भनिपर नैपत्याल्लै । के बौलिन लागे अचेला हुने जयजात्क ? बार पास हुन्ज्याँ खुट्टा उचाइपर बस्तलागे । बिन्ती छ बुइ, आफना देश फर्के ।

उइ तेरी साइँली दिदी
तारी

प्रतिक्रिया