धनगढी । रक्तदान सचेतनाका लागि कैलालीको धनगढीमा र्याली निकालिएको छ । बैतडी समाज कैलालीले १६औं रक्तदान कार्यक्रमको पूर्वसन्ध्यामा र्याली निकालेको हो ।
धनगढीको चौराहादेखि पार्कको मोडसम्म पञ्चेबाजासहित र्याली निकालिएको थियो । रक्तदानलाई प्रोत्साहन गर्ने नारा लगाउँदै बाजागाजासहित र्याली निकालिएको बैतडी समाजले जनाएको छ ।
रक्तदान कार्यक्रम भने उद्योग वाणिज्य संघ कैलालीको सहकार्यमा भोलि धनगढीको पदमा नर्सिङ कलेजको प्राङ्गणमा हुने बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए ।
प्रतिक्रिया