धनगढी । अछाममा ६५ वर्षीय एक वृद्ध घरभित्रै मृत अवस्थामा फेला परेका छन् ।
पञ्चदेवल विनायक नगरपालिका–७ घर भएका जगन्नाथ खनाल बिहीबार साँझ साढे सात बजे मृत फेला परेका हुन् ।
उनी मंगलसेन नगरपालिका–५ बजारमा जितेन्द्र शाहको खाली घरमा एक्लै बस्दै आएका थिए । प्रहरीका अनुसार सानैदेखि सहाराविहीन भएका खनाल घरबाट टाढै रही जीवन निर्वाह गर्दै आएका थिए ।
बिहीबार दिनभरि उनी घरबाहिर ननिस्किएपछि स्थानीयले घरभित्र गएर हेर्दा उनको अन्तिम सास मात्र बाँकी थियो । अस्पताल लैजाने तयारी गर्दागर्दै उनले प्राण त्यागेका हुन् । घटनापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया