ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सोमबार १२, साउन २०८२ १२:०८

काठमाडौं । कपिलवस्तु र झापामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कपिलवस्तुमा दुई र झापामा एक जनाको मृत्यु भएको हो ।

दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको हाे । 

उनका अनुसार मृत्यु हुनेमा ५० वर्षीय रितबहादुर सुनार र १८ वर्षीया रविना राना छन् ।

यसैगरी झापाको मेचीनगरमा स्कारपियो गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मे १ च ६१३१ नम्बरको स्कारपियोले आइतबार बेलुकी साढे ७ बजे मेचीनगर–१२, सहरेडाँगीमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो । अन्दाजी ४५ वर्षीय ती पैदलयात्रीको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको सनाखत हुन बाँकी छ ।

 

प्रतिक्रिया