धनगढी । कैलालीको धनगढीका आगलागी पीडितलाई व्यापारी शुभ ठाकुरद्वारा सहयोग गरेका छन् । ३ साउनमा धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीस्थित हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इम्पेक्स र सेन्टर पोइन्ट रेष्टुरेन्टसहित आठ वटा सटरमा आगलागी भएको थियो ।
धनगढीका व्यापारी ठाकुरले पीडित व्यवसायीलाई व्यक्तिगत रूपमा नगद सहयोग गरेका हुन् । ‘दुख परेको बेला हामी व्यवसायीहरूले एक अर्कालाई सहारा दिनुपर्छ, त्यसैले मैले मेरो तर्फबाट सहयोग गरेको हुँ,’ ठाकुरले भने । ठाकुरले २५ हजार नगद सहयोग गरेका हुन् ।
आगलागीबाट छ करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया