धनगढी । नागरिक उन्मुक्ति पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता शिव बास्तोलाले पाएका छन् ।
पार्टीभित्र विवाद बढ्दै गएकोमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बास्तोलालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् ।
उनले आफू अस्वस्थ रहेको भन्दै बास्तोलाई कार्यबाहकको जिम्मेवारी दिएको बताएकी छिन् । यसअघि बहुमत केन्द्रीय सदस्यहरूको बैठकले २४ घन्टाभित्र बैठक बोलाउन पार्टी अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम दिएका थिए ।
बास्तोला पोखरा महानगरपालिका–६ निवासी हुन् ।
प्रतिक्रिया