ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा आइतबार स्थानीय बिदा

शुक्रबार ०९, साउन २०८२ ०४:२२

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले साउन ११ गते सार्वजनिक बिदा दिएको छ ।

राना थारू समुदायले मनाउने तीज पर्वको अवसरमा धनगढी उपमहानगरपालिकाले एक दिन बिदा दिएको हो । 

कार्यपालिका बैठकको निर्णय अनुसार ११ गते स्थानीय बिदा गरिएको नगरप्रमुख गोपाल हमालद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । 

कञ्चनपुरको पुनर्वास नगरपालिकाले पनि तीजको अवसरमा साउन ११ गते सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया