ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरा जिप दुर्घटना : मृतकको संख्या तीन पुग्यो, १३ जना गम्भीर घाइते

बिहिबार ०८, साउन २०८२ ०३:३८

धनगढी । बाजुराको हिमाली गाउँपालिका–५ मा बिहीबार बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । 

घटनास्थलमा दुई जनाको मृत्यु भएकोमा थप एक जना घाइतेको उद्धारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी १६ जना घाइते भएका छन्, जसमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत्यु हुनेहरुमा हिमाली गाउँपालिका–५ की ६५ वर्षीया बिजौरा रोकाया, ७० वर्षीया बाचा रोकाया र ३५ वर्षीया जुनेली रोकाया रहेका छन् ।  घाइते भएकी जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

हिमाली गाउँपालिका–५ को क्युडीबाट कुवाडीतर्फ जाँदै गरेको बाप्र ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा सडकबाट करिब साढे दुई सय मिटर तल खसेर दुर्घटना भएको थियो । 
 

प्रतिक्रिया