धनगढी । पत्रकार मीनबहादुर बमलाई पत्नी शोक परेको छ । नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा डोटी जिल्ला शाखाका पूर्वअध्यक्ष बमकी ३१ वर्षीया श्रीमती शव्या शाही बमको सोमबार निधन भएको हो ।
उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
डोटीको बोगटान फुड्सील गाउँपालिका–७ चनुकाँडा घर भएका बमको परिवार धनगढी उपमहानगरपालिका–७ शक्तिनगरमा बसोबास गर्दै आएको छ । उनको मंगलबार दिउँसो त्रिवेणी घाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
प्रतिक्रिया