टीकापुर । कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि आएकी एक वृद्धा आइतबार मृत अवस्थामा भेटिएकी छिन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराजा बुढाथोकीका अनुसार टीकापुर नगरपालिका– १ जमराटोलकी ८८ वर्षीया हिरादेवी धामी मृत अवस्थामा भेटिएकी हुन् ।
धामी टीकापुर अस्पतालको दक्षिण पूर्वी कुनामा मृत अवस्थामा भेटिएकी हुन् । प्रहरी र आफन्तले खोजतलास गर्ने क्रममा वृद्धा आइतबार विहान १० बजेतिर मृत अवस्थामा भेटिएकी हुन् ।
प्रहरी नायब उपरिक्षक बुढाथोकीले मृत अवस्थामा भेटिएकी वृद्धाको शरीरमा बाह्य चोटपटक नदेखिएको जानकारी दिए । उनले वृद्धाको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमै राखिएको बताए ।
वृद्धा शनिबार १२ बजेतिर बुहारीसँगै उपचारका लागि भन्दै घर नजिकैको टीकापुर अस्पताल पुगेकी थिइन् । उनको घर र अस्पतालको दूरी आधा किलोमिटर भन्दा पनि कम छ ।
प्रतिक्रिया