ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा ६ महिनामा ६ उद्योग दर्ता, ३१५ जनालाई रोजगारी

आइतबार ०४, साउन २०८२ १०:५९

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा छ वटा उद्योग दर्ता भएका छन् । देशभर साना, मझौला र ठूला गरी झन्डै छ सय उद्योग थपिएकोमा सुदूरपश्चिम प्रदेशमा भने छ उद्योग मात्रै थपिएका हुन् । 

उद्योग विभागको तथ्यांक उल्लेख गर्दै राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययनले छ महिनामा देशभर साना, मझौला र ठूला गरी थप पाँच सय ८१ उद्योग दर्ता भएको देखाएको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम छ वटा उद्योग मात्र दर्ता भएका छन् । तर, यस अवधिमा कर्णालीमा कुनै पनि उद्योग दर्ता नभएको प्रतिवेदनले औंल्याएको छ ।

उद्योगको संख्याअनुसार रोजगारी सिर्जनाको अवस्था पनि बागमतीमा सबैभन्दा कम सुदूरपश्चिममा छ । सुदूरपश्चिम प्रदेशमा तीन सय १५ जनाले रोजगारी पाएको प्रतिवेदनले औंल्याएको छ ।

प्रदेशगत रूपमा सुदूरपश्चिममा रहेका उद्योगको क्षमता उपयोग ३५.७९ प्रतिशत मात्र छ । प्रदेशमा गहुँको पिठो, रोजिनलगायतका वस्तुको उत्पादन हुने गरेको छ । औद्योगिक कर्जामा सुदूरपश्चिमको हिस्सा १.५३ प्रतिशत छ । 
 

प्रतिक्रिया