धनगढी । लगानी तथा विकास सम्मेलनको तयारीमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले कोशी प्रदेशका अधिकारीहरुसँग अनलाइनमा ‘भर्चुअल’ संवाद गरेको छ । कोशी प्रदेशसँग अनुभव आदानप्रदान एवम् नीति तथा कानुनबारेमा संवाद गरिएको हो ।
कोशी प्रदेशले कोशी प्रदेश लगानी सम्मेलन गत बैशाख १८ र १९ गते सम्पन्न गरिसकेको छ । सम्मेलनमा सार्वजनिक–निजी साझेदारीका २७ परियोजनामा एक खर्ब ३५ अर्ब २० करोड र निजी क्षेत्रका १९ परियोजनामा १६ अर्ब ९६ करोड लगानीका लागि एमओयू भएको थियो ।
संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशका सचिव, सुदूरपश्चिम प्रदेश लगानी तथा विकास तयारी सम्मेलनका समिति तथा उप सिमितका पदाधिकारी जोडिएका थिए । त्यस्तै कोशी प्रदेशबाट मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. मोहन सुवेदी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कानुन सचिव राजु गुरागाँई र कोशी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोईरालाले अनुभव आदानप्रदान गरेका थिए ।
प्रतिक्रिया