धनगढी । छाउगोठमा सुतेकी एक महिलाको सर्पले टोकेर ज्यान गएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार महिनावारी भएर कमला आफ्नो पक्की घर छोडेर जीर्ण छाउगोठमा सुतेकी थिइन् ।
‘शनिबार बिहान साढे १२ बजेट कमलालाई सर्पकले टोकेपछि उपचारका लागि सेती प्रादेशक अस्पताल धनगढी पुगाइएको थियो,’ कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी सागर बोहराले भने, ‘उपचारकै क्रममा शनिबार बेलुका ७ बजे मृत्यु भएको छ ।’
प्रतिक्रिया