ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुप विश्वविद्यालयमा अनुसन्धान व्यवस्थापन इकाइ

शुक्रबार २७, असार २०८२ ११:०५

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको शिक्षाशास्त्र विभागमा अनुसन्धान व्यवस्थापन इकाइ कार्यालय स्थापना गरिएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा इकाइ स्थापना गरिएको हो। 

प्रदेश सरकारले इकाइ स्थापना गर्न उपलब्ध गराएको १० लाख रुपैयाँले स्मार्ट बोर्ड, ल्यापटप, कम्प्युटर, कुर्सी, टेबललगायत सामग्री खरिद गरिएको छ। यसअघि गत आर्थिक वर्षमा व्यवस्थापन सङ्कायमा आइसिटी ल्याव स्थापना गरिएको थियो । आगामी आर्थिक वर्षमा विश्वविद्यालयमा अनुसन्धान केन्द्र स्थापना गरिने विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया