ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आरसिबी बन्यो आइपीएलको सबैभन्दा मूल्यवान फ्रेन्चाइज

बुधबार २५, असार २०८२ १२:३१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) टिम रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) सबैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको छ । चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सलाई उछिन्दै आरसिबी बैभन्दा मूल्यवान फ्रेन्चाइज बनेको हो । 

आरसिबीको ब्रान्ड मूल्य हाल २६९ मिलियन डलर पुगेको छ । बेंगलुरुले यस सिजन आईपीएलको उपाधि पहिलोपटक जितेको थियो । 

ब्रान्ड भ्यालुअनुसार मुम्बई अहिले २४२ मिलियन डलरसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा चेन्नईको २३५ मिलियन डलर छ । चौथोमा कोलकाता नाइट राइडर्स २२७ मिलियन डलरसहित रहेका छन्।

प्रतिक्रिया