ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाल आइडलमा तहल्का पिट्दैछन् सुदूरपश्चिमका निरज

सोमबार २३, असार २०८२ ०५:२२

धनगढी । डोटीको निरज विश्वकर्मा नेपाल आइडलको उत्कृष्ट १२ मा पुगेका छन् । डोटीको दीपायल सिलगढी नगरपालिका–४ राजपुरका निरज नेपाल आइडल छैठौं संस्करणको उत्कृष्ट १२ मा पुगेका हुन् ।

उनी सुदूरपश्चिमबाट हाल एक्लो प्रतिस्पर्धी हुन् । निरजको गायकीलाई नेपाल आइडलका निर्णायकले पनि मन पराउँदै आएका छन् । आइडलको अघिल्लो चरणमा प्रवेश गर्नका लागि निरज र उनको परिवारले भोटका आह्वान गरेका छन् । 

छोटो समयमा हुने भोटिङ गरेर अघिल्लो चरणमा जानका लागि सहयोग गर्न निरजका बुवा प्रतापले आग्रह गरेका छन् । नेपालबाट इ–सेवा र विदेशमा रहेकाहरूले मोमो एपबाट भोट गर्नुपर्ने छ । उनको भोटिङ कोड एनआइ ०९ रहेको छ । एसएमएसका लागि एनआइ–०९ टाइप गरेर नमस्ते तथा एनसेलका प्रयोगकर्ताहरूले ३७००० मा म्यासेज पठाउनु पर्ने छ । सानैदेखि गायन क्षेत्रमा लागेका निरज १८ वर्षका भए । 

प्रतिक्रिया