ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा वनमन्त्री चौधरी बर्खास्त

बिहिबार १९, असार २०८२ ०६:३३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरेका छन् । मुख्यमन्त्री शाहले चौधरीलाई आज पदमुक्त गरेका हुन् ।

मन्त्री हटाएपछि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफूसँग राखेका छन् । आर्थिक विवादमा मुछिएको भन्दै मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई केही दिनअघिनै राजीनामा दिन निर्देशन दिएका थिए ।

तर मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएका थिए । उनले राजीनामा नदिने भन्दै बर्खास्त गर्न चुनौति दिएका थिए । प्रदेश सभाबाट बजेट पारित भएको दोस्रो दिन मुख्यमन्त्री शाहले मन्त्री चौधरीलाई हटाएका हुन् । 
  

प्रतिक्रिया