ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमको बजेटमाथि सांसदको टीप्पणी– जनताका ढुकुटीभित्र, सरकारको मनपरी

आइतबार १५, असार २०८२ ०५:१३

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले १ असारमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको छलफल १५ दिनपछि सुरु भएको छ । १ असारमा प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारबराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए । तर, उक्त बजेटमाथिको छलफल आइतबार मात्रै सुरु भएको हो । 

बजेटको सत्तापक्षकै प्रदेशसभा सदस्यहरुले विरोध गरिरहेका छन् । बजेटमा बिचौलियाका योजना मात्रै अटाएको भन्दै प्रदेशसभा सदस्यहरु आक्रोशित देखिएका छन् । 

सत्तारुढ नेकपा एमालेका उपनेता सन्तोष शर्मा थापाले जनताका ढुकुटीभित्र सरकारको मनपरी भएको भन्दै आक्रोश पोखिन् । ‘वारिहै देखिदो पारी दीपायलको गडी, जनताका ढुकुटीभित्र सरकारको मनपरी,’ प्रदेशसभा सदस्य थापाले डेउडा गाउँदै भनिन् ।  

उनले बजेट समावेशी रुपमा ल्याउनका लागि कस्ले रोक्यो ? भन्दै प्रश्न गरिन् । ‘सरकारको अनुशासनको साँचो कसको हातमा सुम्पिनु भयो ?,’ उनले भनिन्, ‘मोलमोलाईमा योजनाहरु नेताका बनाइएका छन् । जनताका योजना भएनन् । सरकारले बजेटलाई नियन्त्रण गर्न सकेन ।’ उनले सांसदको भागमा परेको बजेटअनुसार योजना दिए पनि ती योजनासमेत काटिएको बताइन् । 
 

प्रतिक्रिया