ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

राजनीतिबाट रिटायर्ड हुनै लागेको बताउँदै देउवाले यस्तो देखाए इच्छा

शुक्रबार १३, असार २०८२ ०३:३४

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू राजनीतिक जीवनबाट रिटायर्ड हुन लागेको बताएका छन् । पार्टी नेतृ तथा प्रजातान्त्रिक आन्दोलनकी अगुवा गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले पार्टीलाई एक बनाएर अगाडि बढाउने चाहना व्यक्त गरे ।

उनले कांग्रेसमा अन्तर्घातको प्रवृत्तिले पार्टीलाई बहुमत ल्याउन नसक्ने अवस्थामा पुर्‍याएको बताए । “टिकट एक जनाले पाउँछ, नपाउने हराउन लाग्छ। यही हाम्रो रोग हो । यदि हामी एक भएर गयौं भने कांग्रेसले एक्लै बहुमत ल्याउन सक्छ,” देउवाले भने, “म रिटायर हुन लागिरहेको छु, तर पार्टीलाई एक बनाउने मेरो दृढ इच्छा ।”

सभापति देउवाले नेपालको संविधान समावेशी र समानुपातिक भएकोमा प्रशंसा गर्दै भने, “यस्तो संविधान राम्रो हो । सबै जाति र वर्गको प्रतिनिधित्व हुन्छ, तर यसले एकल बहुमत ल्याउन गाह्रो बनाउँछ। त्यसैले अन्य दलसँग मिलेर अगाडि बढ्नुपर्ने अवस्था आउँछ।”

उनले गठबन्धनको बाध्यतालाई स्वीकार गर्दै भने, “हिजो माओवादीसँग मिल्यौं, आज एमालेसँग मिलिरहेका छौं। तर हामी आफैँ एक भइ सहयोग गर्‍यौं भने कांग्रेस एक्लै पनि बहुमत ल्याउन सक्छ।”

गौरीदेवी प्रधानको योगदानको स्मरण गर्दै देउवाले बीपी कोइरालासँगको उनको निकट सम्बन्ध उल्लेख गरे। बीपी स्वयं प्रधान परिवारको घरमा बसेर रणनीति बनाउने गरेको उनले सुनाए। गौरीदेवी प्रधानको निधन २०८२ जेठ २५ गते शनिबार भएको हो।

प्रतिक्रिया